मेडिकल संस्थानमा सफलतापछि इञ्जिनियरिङ्ग संस्थानमा आरक्षण कायम गर्न माग : डा पंजियार
- Advertisement -

यसपछि त्रि. वि. को सिनेटले आदिवासी–जनजाति, दलित, मधेशी ,थारु ,मुस्लिम, विपन्न महिला, विपन्न खस–आर्यलार्इ भनेर छुट्टिइएका आरक्षणका सिटहरु त्रि. वि. अन्तर्गतका हरेक संस्थान तथा संकायहरुमा लागु भइसकेको हुनाले त्रि. वि. अन्तर्गत नै रहेको हरेक इञ्जिनियरिङ्ग कलेजहरुमा १३४० सिटमा त्रि. वि. को नियम अनुसार आरक्षण कायम गर्न डा. विनय पंजियारले डिनलाइअपिल गरेका छन् ।
सो सन्दर्भमा पूल्चोक क्याम्पसमा रहेको नेपाल तराई विद्यार्थी नवजागरण संघका पदाधिकारीहरुसँग छलफल गरेर उहाँहरुलाइै पनि यस एजेण्डालार्इ संस्थागत गराउन पहल गर्न समेत आग्रह गरेका छन् । आजै उहाँहरुले इञ्जिनियरिङ्ग संस्थानका डिनलाइ भेटेर आरक्षण कार्यान्वयन गर्न माग गर्ने समेत जानकारी गराएका छन् ।
नेपाल तराई विद्यार्थी नवजागरण संघका अध्यक्ष अमित यादवले आफुहरु आरक्षण संस्थागत गराउन जुनसुकै हदसम्म पनि जान तयार रहेको जनाएका छन् ।
मधेशी युथ थिङ्क ट्याङ्कका समेत अध्यक्ष रहेका युवा अभियानता डा. विनय पंजियारले त्रि. वि. को सेनेटले बनाएको नियमलाई डिनले कार्यान्वयन गर्न सकारात्मक रहेका बताएका छन् ।
देश जोगाउन समावेशीता अन्तिम अस्त्र भएको हुनाले यसलाई सबै मिलेर सफल बनाउन हरेकसँग अपिल गरेका छन् ।